Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सिसिटिभी बदमासी प्रकरण : आफूसँग नजोडिएको बिषयमा किन ‘फायर’ छन् मेयर बोहरा ?


मंगलसैन नगरपालिकामा बदमासी नियन्त्रण गर्न खरिद गरिएका सिसिटिभी क्यामेरामा बदमासी भएको विषय सार्वजनिक भएसँगै मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा ‘फाएर’ देखीएका छन् ।

पश्चिम रैवारमा प्रकाशित उक्त समाचार सामाजिक संजाल फेसबुकमा शेयर गर्ने व्यक्तिको वालमै आएर मेयर बोहराले विभिन्न टिप्पणी गरिरहेका छन् ।

गत आर्थिक वर्षमा नगरपालिकामा करिब १० लाखको लागतमा जडान गरिएका क्यामेराको खरिदमा बदमासी भएको तथ्य सार्वजनिक भएसँगै ‘फायर’बनेका मेयर बोहराले विभिन्न टिप्पणी गरिरहेका हुन् ।


सिसिटिभी क्यामेराको खरिद प्रक्रियाको बिषयमा नगरपालिकाले उपलब्ध गराएको सूचना अनुसार द स्टार अर्डर एण्ड सप्लायर्स र आयुष ट्रेडर्स मंगलसैनबाट करिब १० लाखमा सिसिटिभी क्यामेरा खरिद गरिएका छन् ।

तर यी दुई वटा सप्लायर्समध्य एकले आफ्नो पसलबाट नगरपालिकालाई सिसिटिभी क्यामेरा उपलब्ध नगराएको बताएको छ ।

उक्त सप्लायर्सका अनुसार आयुष ट्रेडर्सले अन्तबाटै सिसिटिभी खरिद गरि नगरपालिकालाई उपलब्ध गराएको थियो ।

करिब १० लाखको लागतमा जडान गरिएका क्यामेरा हाल संचालनमा छैनन् । भने तीँ क्यामेराहरू मूल्य अनुसार गुणस्तरीय नरहेको यस मामिलाका जानकारहरूको दाबी छ ।

सिसिटिभी क्यामेराको खरिद र भुक्तानीको विषय नगर प्रमुखसँग खासै सरोकार राख्ने विषय भने होइन ।

नगरपालिकाको खरिद समितिसँगै आर्थिक प्रशासन शाखा,स्टोर शाखा र प्रमुख प्रशासकीय अधिकृतसँग सम्बन्ध राख्ने बिषयमा नगर प्रमुख बोहरा प्रतिक्रिया दिन थाल्नु अशोभनीय देखिन्छ ।

समाचारका बिषयमा मेयर पदम बोहरा समर्थक नामको वास्तविक परिचय नखुलेको आइडीले पश्चिम रैवारका नाममा अस्वभनिय टिप्पणी गरेर मेयर बोहरालाई यस मामिलामा घसेट्न खोजेको छ । उसले समाचारका बिषयमा मेयर बोहरासंग कुरा गरि धारणा लिएको दावी समेत गरेको छ ।

यो प्रकरणमा बिषयमा सम्भवत: भोलि मंगलसैन नगरपालिकाले आधिकारीक लिखित धारणा सार्वजनिक गर्ने छ ।

मंगलसैनमा बदमासी रोक्न जडित सिसिटिभी क्यामेरा खरिदमै बदमासी


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode