Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आरती साहकी आमा निर्मला र भाइ प्रेम प्रहरी नियन्त्रणमा


काठमाडौं । आरती साहको न्यायका लागि महिनौँदेखि काठमाडौंमा आन्दोलन गरिरहेकी आरती साहकी आमा निर्मलादेवी साह र उनकै भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरू सोमबार बिनापास सिंहदरबार जान नाराजुलुस गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जान बिनापास सिंहदरबार गेट पुगेका थिए । त्यहाँ नारा लगाउँदा उनीहरू प्रहरीको नियन्त्रणमा परेका हुन् ।

नियन्त्रणमा लिइएका उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । गएको जेठमा आरती श्रीमान् मोतीबाबु शाहको घर जनकपुरमा मृत फेला परेका थिए ।

छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भन्दै निर्मलादेवी न्यायका लागि काठमाडौं आएर आन्दोलनमा छन् । हाल मोतीबाबु भने पुर्पक्षका लागि थुनामा छन् । पीडित परिवारले आरतीका ससुरा पनि संलग्न भएको भन्दै जेल हाल्नुपर्ने माग राख्दै आएका छन् ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode