Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको मृत्यु


डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको गएको छ ।

जिल्लाको अमरगढी नगरपालिका(१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।

नायकका अनुसार राति कोठामा कोइला बालेर आगो ताप्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको हो ।

बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक नायकले जानकारी दिए ।

मृतक दुवै नातामा सासू बुहारी हुन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode