Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

साँफेबगर नगरपालिकालाई टुक्र्याउने प्रस्ताव सर्वसम्मत पारित


साँफेबगर नगरपालिकाका ६ वटा वडाहरूले छुट्टै पालिकाको माग गर्दै पेश गरेको प्रस्ताव पारित भएको छ ।

नगरपालिकाका विकट वडाहरू ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगरसभाको १२ औं अधिवेशनले पारित गरेको हो । 

६ वडाका छुट्टै पालिका बनाउने विषयमा सभामा नगरसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेक थिए ।

६ वडा अध्यक्षसहित २४ जना नगरसभा सदस्यहरूले हस्ताक्षर गरेको प्रस्ताव नगरसभामा पेश भएको थियो ।

विकासको दृष्टिकोणले पछाडि पारिएका र प्रशासनिक सुगमताका लागि पनि छुट्टै पालिका अतिआवश्यक रहेको वडा नम्बर १० घुघुरकोटका वडाअध्यक्ष ललित बोगटीले बताए । 

नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले सर्वसम्मत पारित गरिएको प्रस्ताव प्रदेशमा पठाउने जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३ अनुसार छुट्टै पालिका बनाउन सकिने व्यवस्था रहेको छ ।

नयाँ पालिका बनाउन नगरसभाबाट उक्त प्रस्ताव दुई तिहाई सदस्यहरूको समर्थनमा पारित हुनुपर्दछ ।

प्रस्ताव पारित भएपछि १५ दिनभित्र प्रदेश सरकारलाई पेश गर्नुपर्छ र प्रदेशले संघ सरकारमा जस्ताको जस्तै पेश गर्ने प्रावधान रहेको छ ।

विकटका ६ वडाहरूलाई समेटेर छुट्टै पालिका हुनुपर्ने विषयको बहस पहिलो स्थानीय तहको निर्वाचन २०७४ पछि हुन थाले पनि विधिवतरुपमा नगरसभामा यो पटक प्रस्ताव पेश भएको थियो ।

६ वडाहरूको जनसख्या ११ हजार ५ सय ९९ रहेको छ भने क्षेत्रफल करिब एक सय बर्ग किलोमिटर रहेको छ ।  

अधिवेशनमा व्यवसाय दर्ता विधेयक २०८०,पुर्नस्थापना केन्द्र तथा सेवा कोष ऐन २०८०,खानेपानी तथा सरफाइ ऐन ,शिक्षा ऐन दोस्रो संशोधन पारित भएको छ । 


क्याटेगोरी : पालिका, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode