Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाको आवेदन 


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धामा २५ जनाले आवेदन दिएका छन् । गत १४ गते प्रकाशित सूचना अनुसार उनीहरुले आवेदन दिएका हुन् ।

नेपाल प्रेसलाई आवेदन दिने २५ जनाको सूची प्राप्त भएको छ । उनीहरुमध्ये १० जना काठमाडौं उपात्यकाका छन् भने बाँकी उपत्यका बाहिरका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ३० वर्षदेखि ६५ वर्ष उमेर समूहबाट आवेदन मागेको थियो । सात दिनको म्याद राखेर दरखास्त आह्वान गरिएको थियो । दरखास्न दिने आज अन्तिम दिन हो ।

एमडीएमएस र टेरामक्स लगायतका प्रणाली खरिदमा अनियमितता भएाके विषयमा प्रश्न उठेपछि अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपश्चात पद रिक्त रहेको छ ।

दरखास्त आह्वानलाई लिएर अदालतमा समेत रिट निवेदन दर्ता भएको छ । यसमा तोकिएको मापदण्डले सिमिति व्यक्ति मात्र दरखास्तका लागि योग्य हुने भन्दै कानून व्यवसायीले रिट दायर गरेका हुन् ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode