Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रतिनिधिसभाको अधिवेशनमा डिजिटल हाजिर गर्ने तयारी


काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा डिजिटल हाजिर गर्ने तयारी गरिएको छ । यसका निम्ति संघीय संसद् सचिवालयले प्रस्ताव अघि बढाएको छ ।

संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ गते (सोमबार)देखि सुरु हुँदै छ । भोलि बस्ने पहिलो बैठकबाटै डिजिटल हाजिर गर्ने प्रस्ताव संसद् सचिवालयको छ ।

राष्ट्रियसभामा भने यसअघि नै डिजिटल हाजिर भइरहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभामा डिजिटल हाजिर के गर्ने भन्ने विषयमा सोमबारै निर्णय हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

“डिजिटल हाजिरीमा जाने भनेर तयारी भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गर्छौँ,” उनले  भने ।

संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक सोमबार अपराह्न ४ बजेका निम्ति बोलाइएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode