Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

साँफेबगरलाई टुक्र्याउने प्रस्ताव पारित गर्न कांग्रेस तयार : मेयर कुँवरलाई हाइसन्चो


साँफेबगर नगरपालिकालाई टुक्र्याउने प्रस्तावमा नेपाली कांग्रेस सकारात्मक देखीएको छ ।

नगरपालिकाका बिकटका ६ वटा वडालाई टुक्र्याएर छुट्टै पालिका बनाउने प्रस्तावलाई पारित गर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ ।

वडा नम्बर ९ बुढाकोट , १० घुघुरकोट , ११ देविस्थान ,१२ खप्तड,१३ बाब्ला र वडा नम्बर १४ पातलकोटलाई नगरपालिकाबाट टुक्र्याएर छुट्टै पालिका बनाउन सिफारिसका लागी नगरपालिकाको नगर सभामा शनिवार प्रस्ताव पेश भएको थियो ।

नगर कार्यपालिकामा बहुमत रहेको नेपाली काँग्रेसले उक्त प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेसँगै प्रस्ताव पारित हुने देखीएको छ ।

नगरपालिका टुक्र्याउने प्रस्ताव पेश भएसँगै नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफ्ना पार्टी र नेताहरूसँग यस बिषयमा परामर्श सुरु गरेका थिए ।

सोही क्रममा साँफेस्थित नेपाली काँग्रेसको क्षेत्रीय कार्यालयमा आइतबार बसेको कांग्रेस नेताहरूको बैठकले ६ वटा वडालाई टुक्र्याएर छुट्टै पालिका बनाउन सिफारिस गर्ने प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

उक्त बैठकमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर सहित नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष लगायतका जनप्रतिनिधि सहभागी थिए ।

यो निर्णयसँगै भोलीबाट सुरु हुने नगर सभाको १२ अधिवेशनको बन्द सत्रले उक्त प्रस्ताव स्वसहमतिमा पारित गर्ने सम्भावना देखीएको छ । नगरपालिकाबाट टुक्रिन खोजेका ९ नम्बर देखी १४ नम्बरका वडाहरूमा कम्युनिष्टहरुको बाहुल्यता रहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode