Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पश्चिम नेपालमा वर्षा र हिमपात, पश्चिमी वायु पुनः सक्रिय


काठमाण्डौ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ । देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएसँगै यी क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मतीका केही ठाउँमा पनि फाट्टफुट्ट वर्षा भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

अहिले काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि हल्का पानी परिरहेको छ । पश्चिमी वायुका कारण बादल पूर्वतिर सर्दै गइरहेको र बेलुकीसम्म बाग्मतीसहित पूर्वका जिल्लामा पानी पर्ने क्रम बढ्ने मौसमविद् अधिकारीले बताउनुभयो । यी क्षेत्रमा १० मिलिमिटरसम्म पानी पर्न सक्ने उहाँको भनाइ छ । भोलि बेलुकीदेखि मौसममा सुधार हुँदै जाने उहाँले बताउनुभयो ।

पश्चिमी वायु सक्रिय भएसँगै तराई मधेसमा हुस्सु, कुहिरो हटेर मौसममा सुधार हुँदै गइरहेको छ ।

यसैबीच हुम्लामा फेरि आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष हुम्लामा चौथो पटक हिमपात भएको हो । बिहानदेखि हिमपात भइरहँदा जनजीवन कष्टकर बनाएको लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताउनुभयो । हिमपातका कारण हुम्लामा हवाई सेवा रोकिएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode