Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा काठमाडौं महानगरको डोजर


काठमाडौं । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले १४ वटा टहरा भत्काइरहेको जानकारी दिए ।

‘अनधिृकत रुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएका हौं । अनधिकृत रूपमा वषौंदेखि यस स्थानलाई कब्जा गरेर मानिस बसेका रहेछन् । भौतिक संरचना बनाएर भाडामा समेत लगाएको पायौं,’ अर्यालले भने ।

 

अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरु हटाएर डोजर चलाउने काम भएको अर्यालले बताए ।

 


क्याटेगोरी : पालिका, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode