Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

साँफेबगर नगरपालिका टुक्याउने प्रस्ताव : आन्दोलनका लागी संघर्ष समिति तयार (कुराकानी सहित)


साँफेबगर नगरपालिकाको नगर सभाको १२ औँ अधिवेशनमा ६ वटा वडालाई छुट्टै पालिका बनाउन सिफारिसका लागि प्रस्ताव पेश भएको छ ।

हिउँदे सभाको १२ अधिवेशनमा ६ वटा वडालाई छुट्टै पालिका बनाउन सिफारिसका लागि शनिवार प्रस्ताव पेश भएको हो ।

वडा नम्बर ९ देखि १४ नम्बर वडाका अध्यक्ष सहितका जनप्रतिनिधिले छुट्टै पालिका बनाउन सिफारिसको माग सहित प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमा तिँ ६ वटै वडा अध्यक्ष सहित २४ जना नगर सभा सदस्यले हस्ताक्षर गरेका छन् ।

यसै बिच ६ वटा वडाहरूलाई छुट्टाएर छुट्टै पालिका बनाउन गरिएको प्रस्तावको नेतृत्व गरिरहेका वडा नम्बर ९ बुढाकोटका वडा अध्यक्ष दीपक कुँवरले प्रस्तावमाथि आवश्यक कार्वाही नभए चरणबद्ध रुपमा आन्दोलन गरिने बताएका छन् ।

उनका अनुसार ६ वटै वडाका जनप्रतिनिधि,राजनीतिक दल र वडावासीको सहमतिमा उक्त प्रस्ताव सभामा पेश भएको हो ।

उक्त प्रस्तावमाथि आवश्यक कार्वाही नभए चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम संचालन गर्न समिति बनी सकेको उनले बताएका छन् ।

कुराकानी : वडा अध्यक्ष दीपक कुँवर


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode