Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अनेरास्ववियु साँफेबगरको नगर सम्मेलनबाट नयाँ नेतृत्व चयन


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन अनेरास्ववियु साँफेबगर नगर कमिटीको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ।

पालिका कमिटी अध्यक्ष सुरज बुढाको अध्यक्षतामा भएको नगर सम्मेलनमा अनेरास्ववियु अछामका जिल्ला सचिव भीम बडाहित प्रमुख अतिथि रहेका थिए ।

सम्मेलनले नगर कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । लोकेश बुढ्थापाको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी चयन गरिएको बताईएको छ ।

सम्मेलनमा प्रमुख वक्ताको रुपमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दूधकला विष्ट सहित प्रदेश लेखा आयोग सदस्य बालगिरी कुँवर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर लगायत सहभागी भएका थिए ।

सम्मेलनको सञ्चालन अनेरास्ववियु जिल्ला सचिवालय सदस्य सन्तोष भण्डारीले गरेका थिए ।

सम्मेलनबाट सर्वसम्मत चयन भएका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रमुख अतिथि संगठनका जिल्ला सचिव भीम बहादुर बडाहितले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode