Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

उपभोक्ता समिति विवादपछि दर्ना वडा कार्यालयमा लगाइएको ताला खुल्यो


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा लगाइएको ताला खोलिएको छ ।

उपभोक्ता समिति गठनको बिषयमा असन्तुष्ट वडावासीले लगाएको ताला बुधवार खोलिएको हो । वडाका जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि र असन्तुष्ट पक्ष बिच समझदारी भएसँगै ताला खोलिएको वडा अध्यक्ष जगत थापाले बताएका छन् ।

उपभोक्ता समितिमा आफूहरूलाई उपेक्षा गरेका भन्दै असन्तुष्ट पक्षले आईतवारदेखी वडा कार्यालयमा तालाबन्दी गरेका थिए । यस पछिका दिनमा वडामा संचालन हुने योजनाको उपभोक्ता समिति गठन गर्दा सहमति र सहकार्यका माध्यमबाट गर्ने प्रतिबद्धता पश्चात् ताला खोलिएको बताईएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode