Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बेथिति

बुढीगंगा नदीमा सेटिङ्गमा क्रसर उद्योग संचालन : प्रहरी प्रशासन मुकदर्शक


बुढीगंगा नदी किनारमा २ बर्षदेखी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ ।

साँफेबगर नगरपालिका वडा १ र वडा नम्बर ७ को सिमानामा पर्ने बुढिगंगा नदी किनारबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा अवैध रूपबाट उत्खनन गरी बिक्री वितरण भइरहेको पाइएको हो ।

यस बिषयमा नियामक निकाय भने मूकदर्शक बनेका स्थानीयको आरोप छ । अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगले जथाभाबी नदीजन्य पदार्थको उत्खनन गरेको भन्दै स्थानीय नगरबासीहरुले विरोध जनाएका छन् ।

जिल्लाको प्रमुख व्यापारी केन्द्र साँफेबगरसँग जोडिएको सदरमुकाम नजिकैको नदिबाट अवैध क्रियाकलाप भइरहँदा पनि नियामक निकाय मूकदर्शक बनेको उनीहरूको आरोप रहेका छ ।

स्थानीय जानकारहरूका अनुसार बुढीगंगा नदिमा बज्रगुरु कन्स्ट्रक्सन,पी.एस. बानिया जे.भी. अन्तर्गत कामको जिम्मा पाएको नाति कन्ट्रक्सनले अवैध रुपमा क्रसर उद्योग नै संचालन गरि ढुङ्गा, गिट्टी र बालुवा अवैध रूपबाट उत्खनन गरी बिक्री वितरण गरि रहेका हुन् ।

जयगढ रामारोशन सडक खण्ड अन्तरगत जयगढ माझेठाना सडक निर्माणको जिम्मा पाएको बज्रगुरु कन्स्ट्रक्सन,साँफेबगर मेल्लेख, रामारोशन गाउँपालिकाको मुजाबगरदेखी चौकासम्म र बाजुराका बिभिन्न ठाउँमा सडक निर्माणको जिम्मा पाएको नाति कन्ट्र्क्सनले साँफेबगर आसपासका स्थानीय अगुवा तथा व्यापारिसंगको मिलेमतोमा अवैध रुपमा क्रसर उद्योग संचालन गरेका हुन् ।

साँफेबगरका प्रतिष्ठित व्यापारिहरुले पैशा र शक्तिको आडमा तिँ निर्माण कम्पनीको सहयोगमा क्रसर उद्योग संचालन गरि अवैध कारोबार गर्दै आए पनि जिल्ला प्रशासन कार्यालय भने यस बिषयमा मौन देखीएको छ ।

आफूले ठेक्का पाएको सडक निर्माणको काममा आवश्यक पर्ने नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा सहजै उपलब्ध हुने सर्तमा ती कम्पनीहरूले क्रसर संचालनको प्रकृया मिलाई दिएको स्रोतको दाबी छ ।

क्रसर उद्योग संचालनको कागजात निर्माण कम्पनीको नाममा देखिएता पनि कारोबार गर्नेहरू भने साँफेबगरका प्रतिष्ठित व्यापारीहरू रहेका छन् ।

सडक ग्राभेल र पिचका लागी अस्थायी रुपमा मात्रै क्रसर संचालनको अनुमति लिएको भए पनि उनीहरूले मनपरी ढंगले नदिबाट ढुङ्गा, गिट्टी र बालुवाको अवैध कारोबार गरिरहेका छन् ।

अस्थायी रुपमा क्रसर संचालनको अनुमति लिएर उनीहरूले राज गरिरहँदा समेत स्थानीय प्रशासन र नियामक निकाय मौन रहनुले उनीहरूबिच आर्थिक लेनदेन भईरहेको पुष्टि भएको स्थानीयको आरोप छ ।

आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर उद्योग सञ्चालन भएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय अछाम लगायतका सम्बन्धित निकायमा निवेदन दर्ता गराएका छन् ।

अवैध रुपमा संचालित क्रसर उद्योग विरुद्ध साँफेबगर नगर बासीले निवेदन पेश गरेसँगै जिल्ला प्रशासन कार्यालय अछामले यस बिषयमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी सन्तोष बि.क.का अनुसार प्रशासनले जिल्ला प्रहरी कार्यालय र साँफेबगर नगरपालिकालाई यस बिषयमा सोधपुछ गरि पत्राचार गरेको छ ।

पत्रको जवाफ पश्चात् आवश्यक प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode