Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विनोद हत्या प्रकरण : फरार प्रतिवादी समन्वय उप प्रमुख शाही खोरमा


अछामको पञ्चदेव विनायक नगरपालिकाका विनोद शाहीको हत्या आरोपमा फरार रहेकी अभियुक्त जिल्ला समन्वय समिति अछामकी उप प्रमुख दानमती शाही कारागार चलान भएकी छन् ।

जिल्ला अदालत अछामले थुन चेक बहस पश्चात् उनलाई पुर्पक्षका लागी कारागार चलान गर्न आदेश दिएको हो । आदेशसँगै उनलाई पुर्पक्षका लागी आजै जिल्ला कारागार चलान गरिएको छ ।

हत्या अभियोग पश्चात् २१ महिना देखी फरार रहेकी शाही मंगलवार स्वयम जिल्ला अदालत अछाममा हाजिर भएकी थिइन् ।

शाहीले गएको स्थानीय तहको निर्वाचनका क्रममा स्थानीय १५ वर्षीय बालक विनोद शाहीलाई अपहरण गरि हत्या गरेको पीडित परिवारको आरोप छ ।

यस्तो थियो विनोद हत्याको घटना

०७९ जेठ १६ गते अछामको पञ्चदेवल नगरपालिका– ४ कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भयो। त्यो दिन कुटाकुट हुँदा दुवै पक्षका युवा घाइते भए।

झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते गाउँमा प्रहरी पुग्दा अधिकांश युवा भागे। केहीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग पनि स्थानीयको हात हालाहाल भयो।

सो क्रममा प्रहरीले गर्भवती महिला र बालबालिकालाई समेत धरपकड गर्दै केही युवालाई नियन्त्रणमा लियो। १७ गते गाउँमा प्रहरी पुग्दा भागेका सबै युवा १९ गते सम्पर्कमा आए, तर पञ्चदेवल विनायक नगरपालिका– ४ कुच्चीको रिठारुख टोलका बलबहादुर शाहीका १५ वर्षीय छोरा विनोद शाही भने सम्पर्कमा नआएपछि त्यही दिनदेखि उनको व्यापक खोजी थालियो ।

०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका वेला कुच्ची स्वास्थ्य चौकी मतदान केन्द्रमा एमाले, एकीकृत समाजवादी र कांग्रेसका बीच ‘फेकभोट’ का विषयमा झडप भएको थियो।

त्यस दिन कांग्रेसकी दुर्गाकुमारी शाहीले धेरैपटक अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले, समाजवादीको आरोप छ भने एमाले, समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप छ। त्यही विषयलाई लिएर १६ गते कुच्चीको एक चिया पसलमा युवाहरूबीच विवाद भएको हो।

विवादकै क्रममा १७ गते राति प्रहरी गाउँमै रहेका वेला साढे ९ बजेतिर बेपत्ता भएका विनोद २१ गते बिहान गाउँनजिकैको भिरमा मृत अवस्थामा भेटिए। टाउको फुटेको, घाँटी रेटिएको र दुवै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा बिहान १० बजेतिर भिरमा शव भेटिएको थियो।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode