Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

समुदायमा कांग्रेस र संवाद अभियान बान्नीगढीमा सुरु


नेपाली काँग्रेसको समुदायमा कांग्रेस र संवाद अभियान बान्नीगढी जयगढ गाउँपालिकामा सुरु भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका ६ वटै वटामा जिल्लाबाट खटाइएका प्रतिनिधिले कार्यक्रमको उद्घाटन् गरेको पार्टीका गाउँपालिका कार्य समितिका सचिव राम बहादुर थापाले बताएका छन् ।

जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने तथा समुदायसँग अन्तर संवाद गर्ने उद्देश्यले काँग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सुरु गरेको थापाको भनाई छ । सहिद दिवसका दिन आज पालिकाका ५ वटै वडाहरूमा विशेष कार्यक्रम सहित अभियानको प्रारम्भ गरिएको हो ।

देशभर जिल्ला र प्रदेशबाट ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधि खटिएका नेपाली काँग्रेसले बताएको छ । अभियानका क्रममा तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासा संकलन गरिने छ ।

जनताबाट आएका राय–सुझाव कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने काँग्रेसले जनाएको छ ।

साथै सातै प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय, अनुगमन र संयोजन गर्नेछन् । समुदायमा कांग्रेस अभियान माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुने छ ।

नेपाली कांग्रेस बान्नीगढी गाउँ कार्य समितिका सचिव राम बहादुर थापाका अनुसार पालिकाको वडा नम्बर १ मा कृष्ण बहादुर खड्का,२ मा खडक ठकुल्ला,३ मा मोहन उपाध्याय,४ मा पदम शाह,५ मा राम बहादुर थापा र वडा नम्बर ५ मा टेक बहादुर साउँदलाई प्रतिनिधिका रुपमा खटाइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode