Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

चर्चित नेपाली आविष्कारक पुनलाई बान्नीगढीमा स्वागत : ५० हजारका पुस्तक खरिद


चर्चित नेपाली आविष्कारक महावीर पुनलाई बान्नीगढी जयगढ गाउँपालिकामा स्वागत गरिएको छ ।

पुनलाई गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले औपचारिक रुपमा गाउँपालिका कार्यालयमा स्वागत गरेकी हुन् ।

कृषि औजार कारखाना संचालनका लागि उनको जीवन कथामा आधारित पुस्त बिक्री गर्दै हिँडेका पुनलाई स्वागत सहित गाउँपालिकाले ५० हजार बराबरका ६७ वटा पुस्तक खरिद गरेको छ ।

उपाध्यक्ष रावलका अनुसार खरिद गरिएका पुस्तकहरू पालिकाका सबै विद्यालय,स्वास्थ्य चौकी,वडा कार्यालय ,अध्ययन केन्द्र लगायतका ठाउका बितरण गरिने छ ।

नेपाली आविष्कारक तथा चर्चित व्यक्तित्व पुनलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै उपाध्यक्ष रावलले राष्ट्रिय आविष्कार केन्द्रलाई सक्दो गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आविष्कार सम्बन्धी काम सिक्ने चाहाना भएका पालिकाका युवायुवतीहरूलाई आविष्कार केन्द्रमा पठाउने र त्यसका लागि आवश्यक बजेट पालिकाले व्यहोर्नेबारे छलफल गर्ने समेत बताएकी छन् ।

पुस्तकबाट सङ्कलित रकमबाट कृषि औजार कारखानालाई संचालन र व्यवस्थापन गर्ने उद्देश्य सहित विभिन्न दौडाहामा रहेका पुन २२ दिन पछि अछाम आइपुगेका हुन् ।

३ लाख पुस्तक बिक्री गरेर कम्तीमा १५ करोड संकलन लक्ष सहित देश दौडाहामा रहेका पुनले अछामपछि डोटी,बैतडी,कैलाली कञ्चनपुर हुँदै काकरभिट्टा प्रस्थान गर्ने बताएका छन् ।


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode