Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

उपभोक्ता समितिको अध्यक्ष बन्न होडबाजी : बान्नीगढीको दर्ना वडा कार्यालयमा तालाबन्दी


बान्नीगढी जयगढ गाउँपालिकाको ६ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

उपभोक्ता समिति गठनको विषयलाई लिएर स्थानीयले वडा कार्यालयमा तालबन्दि गरेका हुन् । प्रदेश सरकारले दर्ना स्वास्थ्य चौकीमा बर्थिंङ सेन्टरका लागी विनियोजन गरेको २१ लाखको योजनाका लागी उपभोक्ता समिति गठन गरिएको बिषयमा असन्तुष्ट स्थानीयले आईतवारदेखी वडा कार्यालयमा तालाबन्दी गरेको बताईएको छ ।

सहमति बिना नै वडाका जनप्रतिनिधिले आफू निकटका व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको आन्दोलनरत पक्षको आरोप छ । वडा कार्यालयले स्थानीय जीवन थापालाई उपभोक्ता समितिको अध्यक्षमा चयन गरि योजनाको सम्झौताका लागी सिफारिस दिए पश्चात् असन्तुष्ट पक्ष आन्दोलित छन् ।

उपभोक्ता समितिको अध्यक्षमा वडाले चयन गरेका जीवन थापा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य समेत हुन् । उनलाई राजनीतिक निकटताका आधारमा वडा अध्यक्षले उपभोक्ता समितिको अध्यक्षमा चयन गरेको आरोप लागेको छ ।

वडा अध्यक्ष जगत बहादुर थापाका अनुसार मंसिर १४ गते देखी उपभोक्ता समिति गठनका लागी पटक पटक प्रयास गर्दा पनि सहमति हुन सकेको थिएन ।

लामो समयदेखी सहमतिको प्रयासले सार्थकता पाउन नसकेपछि उपभोक्ता समितिको नेतृत्वमा दाबी गरेकाहरूले नै वडालाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिए अनुरुप वडाले जीवन थापाको अध्यक्षतामा उपभोक्ता समिति चयन गरेको वडा अध्यक्ष थापाले बताएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode