Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बँदेलको आक्रमणबाट एक महिला घाईते


अछाममा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

जंगली जनावर बँदेलको आक्रमणबाट मंगलसेन नगरपालिका वडा नम्बर ६ डाडागाउँकी२४ वर्षीया आरती भण्डारी घाइते भएकी हुन् ।

घर नजिकैको चिउरी खोलामा नुहाइधुवाई गर्ने क्रममा उनलाई बँदेलले आक्रमण गरेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार घाइते भण्डारीको अनुहारको विभिन्न भागमा चोट लागेको छ ।

भण्डारीलाई जिल्ला अस्पताल अछाममा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode