Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङ केन्द्रविन्दु भएर भूकम्प


बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

शुक्रबार राति साढे ११ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु पातालचौर आसपास थियो । भूकम्पले क्षति पुर्याए नपुर्याएको जानकारीमा आएको छैन ।

यसअघि गत असोज र कात्तिक महिनामा बझाङ केन्द्रविन्दु भएर पटक पटक भूकम्प गएका थिए ।

भूगर्भविदहरु सिंगो नेपाल भूकम्पको अति जोखिम क्षेत्रमा रहे पनि पश्चिम नेपालमा झन् बढी जोखिम रहेको बताउँछन् ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमम पश्चिममा गरी ठूलो जनधनको क्षति पुगेको थियो ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode