Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

धनगढीको स्टेपिङ्गमा पढाइसँगै परोपकार : श्रीमान् गुमाएकी चौधरीलाई २७ हजार


धनगढीमा रहेको स्टेपिङ्ग ईंग्लीस बोर्डीङ् स्कुलका बिद्यार्थीहरु पठनपाठनसँगै परोपकारका काममा पनि सक्रिय रहँदै आएका छन् ।

नियमित पठन पाठनसँगै राईजिङ्ग बाल क्लब मार्फत विद्यार्थीहरू परोपकारका काममा सक्रिय रहँदै आएका हुन् ।

यसैबिच राईजिङ्ग बाल क्लब मार्फत बिद्यार्थीहरुले श्रीमान् गुमाएकी सरिता चौधरीलाई आर्थिक सहयोग गरेका छन् ।

विद्यार्थी तथा शिक्षकहरूबाट संकलन गरिएको २७ हजार रकम बिद्यार्थीहरुले बिहीबार हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा केयर टेकरको रुपमा कार्यरत सरिता चौधरी श्रीमानको निधन भएपछि समस्या झेल्दै आएकी थिइन् ।

ऋण जोहो गरि उपचाररत रहेका श्रीमानको उपचारकै क्रममा निधन भएपछि चौधरी बेसहारा बन्न पुगिन् ।

४ छोरीकी आमा सरिता चौधरीको परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले आफूहरूले विद्यालयका विद्यार्थी र शिक्षकहरूबाट २७ हजार रकम संकलन गरेको क्लबका संस्थापक सुनिल बुढाले बताए ।

संस्थापक बुढाका अनुसार राईजिङ्ग बाल क्लबले यसअघि पनि असहाय तथा जेहेन्दार बिद्यार्थीहरुलाइ नगद तथा पाठ्यपुस्तक सहयोग गरेको थियो ।

पछिल्लो समय निजी तथा संस्थागत विद्यालयहरू व्यापारिक प्रयोजनका लागि मात्रै हुन् भन्ने आम बुझाइ रहेका बेला यस्ता परोपकारी काम गरिनु अनुकरणीय कार्य हो ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode