Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मोटरसाइकल दुर्घटनामा अछामका एक दम्पतीको मृत्यु


बुधबार मोटसाइकल दुर्घटनामा परी अछामका एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाको पञ्चदेव विनायक नगरपालिका –१ कुइकाका खकेन्द्र ढकाल र मैसरा ढकाल दम्पतीको मृत्यु भएको हो ।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल कैलालीको कुइने सडक खण्डमा पर्ने पितमारीमा दुर्घटना परेको हो ।

अछामबाट बर्दिया हिँडेका ढकाल दम्पतीको मोटरसाइकल मोहन्याल गाउँपालिका वडा न।७ को पितमारी नजिकको हावा लाग्ने डाँडाबाट २ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

उनीहरुको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode