Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बालकुमारीमा ज्यान गुमाएका शाहको परिवारलाई चौरपाटीको डेढ लाख सहयोग


अछामको चौरपाटी गाउँपालिकाले ललितपुरको बालकुमारी घटनामा मारिएका वीरेन्द्र शाहको परिवारलाई डेढ लाख रुपैयाँ प्रदान गरेको छ ।

गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका चौरपाटी गाउँपालिका वडा नम्बर १ का शाहको परिवारलाई राहत स्वरूप गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो।

सोही अनुरूप आज गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले उनको परिवारलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

गाउँकार्यपालिकाको यस अघिको आठौँ कार्यपालिका बैठकले शाहको निधनमा शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

गत शुक्रवार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरूले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गर्ने क्रममा चौरपाटी १ का शाहको मृत्यु भएको थियो ।

त्यस क्रममा प्रहरीसँगको धरपकडमा अछामका वीरेन्द्र शाहसँगै दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode