Techie IT
  • २७ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बालकुमारीमा ज्यान गुमाएका शाहको परिवारलाई चौरपाटीको डेढ लाख सहयोग


बालकुमारीमा ज्यान गुमाएका शाहको परिवारलाई चौरपाटीको डेढ लाख सहयोग

अछामको चौरपाटी गाउँपालिकाले ललितपुरको बालकुमारी घटनामा मारिएका वीरेन्द्र शाहको परिवारलाई डेढ लाख रुपैयाँ प्रदान गरेको छ ।

गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका चौरपाटी गाउँपालिका वडा नम्बर १ का शाहको परव राहत स्वरूप गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो।

सोही अनुरूप आज गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले उनको परिवारलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

गाउँकार्यपालिकाको यस अघिको आठौँ कार्यपालिका बैठकले शाहको निधनमा शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

गत शुक्रवार पानीजहाज बनाउने काका लग करय भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरूले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गर्ने क्रममा चौरपाटी १ का शाहको मृत्यु भएको थियो ।

त्यस क्रममा प्रहरीसँगको धरपकडमा अछामका वीरेन्द्र शाहसँगै दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode