Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

२ सय युवा सहित अछाम बान्नीगढीका शाह एमालेमा प्रवेश


काठमाण्डौमा व्यवसाय गर्दै आएका समाजसेवी तथा युवा व्यवसायी प्रकाश शाह २ सय युवा सहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना घर भई हाल काठमाण्डौमा व्यवसाय गर्दै आएका शाह अछाम सहित बिभिन्न जिल्लाका २ सय युवाको नेतृत्व गर्दै शनिवार एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा एक कार्यक्रमका बिच पार्टीका महासचिव शंकर पोखरेलले प्रकाश शाह सहितका युवाहरूलाई पार्टीमा स्वागत गरे ।

लायन्स क्लब नेपालको नेतृत्वमा समेत रहेका शाह काठमाण्डौमा बिभिन्न उद्योग तथा व्यवसाय संचालन गर्दै आएका छन् ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाबाट प्रवेशिका उत्तीर्ण गरि अध्ययनका लागी काठमाण्डौमा रहेका शाह पछिल्लो समय व्यवसायसँगै बिभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए ।

आफु कुनै पनि दलमा आवद्द नरहेकोमा जनताको सुख समृद्धिसँगै राष्ट्र र राष्ट्रियताको पक्षमा नेकपा एमाले अडिग रहेकै कारण एमालेप्रति आफू आकर्षित भएको शाहले बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रम पश्चात् बोल्दै शाहले नेकपा एमालेको विधि विधानलाई आत्मसाथ गर्दै पार्टीले आवश्यक जिम्मेवारी दिए कुशल ढंगबाट पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शाह लगायतका युवाहरूलाई स्वागत गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा एमालेप्रति देशैभर र विशेष गरि युवाहरूको आकर्षण बढ्दै गएको बताएका थिए ।

बालक देखी बृद्धबृद्धाको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उनले आगामी निर्वाचनमा एमाले बहुमत सहित सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode