Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

चौरपाटीको परोपकारी निर्णय : बालकुमारीमा ज्यान गुमाएका शाहको परिवारलाइ डेढ लाख दिने


अछामको चौरपाटी गाउँपालिकाले ललितपुरको बालकुमारी घटनामा मारिएका बीरेन्द्र शाहको परिवारलाई डेढ लाख रुपैयाँ राहत दिने भएको छ ।

गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका चौरपाटी गाउँपालिका-१ का शाहको परिवारलाई राहत स्वरूप एक लाख ५० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको हो ।

गाउँकार्यपालिकाको आज बुधबार बसेको आठौँ बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिए ।

साथै चौरपाटी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बिहीबार बन्द रहने पनि शोक प्रस्तावमा उल्लेख छ ।

गत शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरुले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए ।

त्यस क्रममा प्रहरीसँगको धरपकडमा अछामका बीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode