Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कर्मचारीकै मिलेमतोमा अछाम कारागारभित्रै लागुऔषधको कारोवार

कारागारकै कर्मचारी पक्राउ


अछाम कारागार भित्र लागु औषधको ओसार पसार हुने गरेको पाइएको छ।

जिल्ला कारागारमा मासु भित्र लागु औषध ओसार पसार गर्ने एक जना पक्राउ परेका हुन्।

जिल्लाको कमलबजार नगरपालिका–३ का जनक बडुवाल लागु औषधसहित मङ्गलवार राति पक्राउ परेका छन्। उनी जिल्ला कारागारका सफाई कर्मचारी हुन्।

उनको साथबाट ७ सय ४० मिलिग्राम लागु औषध (खैरो हिरोइन) फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साउँदले बताए।

यस अघि पनि जिल्ला कारागार अछाममा लागु औषधको ओसार पसार हुने गरेको विषय बाहिर आएको थियो ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode