Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दियालो सहकारी गाँज्राको अध्यक्षमा थापा सर्वसम्मत चयन


दियालो बहूद्देश्यीय सहकारी बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्राको अध्यक्षमा राम बहादुर थापा चयन भएका छन् ।

सहकारी संस्थाको १३ औँ साधारण सभाबाट थापा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

सहकारीको अध्यक्षमा सर्वसम्मत चयन भएसँगै सामाजिक कार्यमा सक्रिय रहेका थापाले आफ्नो कार्यकालमा सहकारीलाई नमुनायोग्य सहकारीको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय सरकारसँगै विभिन्न निकायसँग आवश्यक सहकार्य गरि सहकारीका माध्यमबाट स्थानीय सर्वसाधारणलाई बढी भन्दा बढी पुर्‍याउनु नै आफ्नो प्रमुख उद्देश्य हुने उनको भनाइ छ ।

यस्तै सहकारीको उपाध्यक्षमा सीता खड्का,सचिवमा सेवन्त खड्का,कोषाध्यक्षमा दुर्गा सुनार लगायतका सदस्य रहेका छन् ।

सहकारी संस्थाका अध्यक्ष नर बहादुर खड्काको अध्यक्षतामा भएको साधारण सभा कार्यक्रममा वडा अध्यक्ष गजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले सामाजिक जागरण संगै आर्थिक समृद्धिका लागी सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष हिरण्य खड्का, निवर्तमान गाविस अध्यक्ष हिक्मत खड्का लगायतका अतिथि रहेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode