Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सामाजिक विकास मन्त्री साउँद अछाममा : विद्यालय भवनको शिलान्यास


सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास मन्त्री झपट साउद गृह जिल्ला अछाम पुगेका छन् ।

विभिन्न सरकारी तथा राजनीतिक कार्यक्रममा सहभागी हुन उनी आइतबार अछाम पुगेका हुन् ।

यसै बिच उनले सोमवार बिहान मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा रहेको जानकी आधारभूत विद्यालय नन्देगडाको २ कोठे भवनको शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको यस आर्थिक वर्षको वार्षिक योजना अन्तर्गत निर्माण हुन लागेको भवनको मन्त्री साउदले औपचारिक कार्यक्रमकाबिच शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक विकास मन्त्रालयको नेतृत्वसँगै विभिन्न नीतिगत तथा प्रशासनिक काममा व्यस्त भइरहेकाले निर्वाचन क्षेत्रमा चाहे अनुसार उपस्थित हुन नसकेको बताएका छन् ।

जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राख्दै सामाजिक विकास र आर्थिक समृद्धिका लागि विशेष रणनीति सहित प्रदेश सरकार अघि बढिरहेको उनको दाबी छ ।

स्वास्थ्य,शिक्षा,खेलकुद र रोजगारीका क्षेत्रमा आमूल परिवर्तन गर्ने उद्देश्यका साथै छुट्टै नीति अघि बढाइएको बताउँदै उनले दीर्घकालीन रुपमा लाभ मिल्ने योजनामा जोड दिइएको बताएका छन् ।

मन्त्री साउद यही पौष १८ गतेसम्म प्रदेश निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुने सचिवालयले जानकारी दिएको छ ।


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode