Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नेपालको स्वास्थ्य क्षेत्र : स्वास्थ्य बिमा र यथार्त


नेपालको संविधानले हरेक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गरेको छ । संविधानको धारा ३५ मा ’कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’भनी उल्लेख छ ।

यति मात्र होइन, जनस्वास्थ्य सेवा ऐन, २०७५ को परिच्छेद–२ मा सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्वका विषयमा व्यवस्था छ ।

जसअनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार हुन्छ । ऐनको दफा ३ मा भनिएको छ, ‘कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’

ऐनले नसर्ने रोग तथा शारीरिक विकलाङ्गता,मानसिक रोगलगायत सामान्य आकस्मिक अवस्थाका सेवालाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । तोकिए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नु प्रत्येक स्वास्थ्य संस्थाहरूको कर्तव्य हो ।

तर, संविधान र ऐनले गरेका सामान्य व्यवस्था समेत कार्यान्वयन नहुँदा सर्वसाधारणले अहिले पनि आधारभूत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।

मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको “प्रमुख कारण बन्नु चिन्ताको विषय छ ,नसर्ने रोग को प्रकोप बढ्नु र यी रोगहरूले धेरै धन र जन को क्षेती हुने र जनताले धान्नै न सक्ने र उपचार नपाई मृत्यु हुने गरेको छ

जन स्वास्थ्यको लगानी लाई प्रतिफल स्वरूप नै लीने गरिन्छ र राज्यले सम्भवतः आफ्नो नागरिकको बिमा गर्दा स्वास्थ्य सेवामा सबैको पहुँच हुने थियो र विश्वव्यापी स्वास्थ्य कभरेज (universal Health Coverage) धेरै टाढाको सपना हुने थिएन ।

covid– 19 महामारी महामारीले रोकथाममा लगानी गर्नु नै सबै भन्दा उत्तम रहेको कुरा सिकाइसकेको छ ।

स्वास्थ्य बिमा कार्यक्रमले बिरामी भएको बेला उपचारमा हुन सक्ने ठुलो खर्च धान्न कठिन नहोस् भनेर पहिले नै योगदान रकममार्फत जोखिम व्यवस्थापन गरिएको हुन्छ । यसले स्वास्थ्य सेवा उपयोगका क्रममा अ नियोजित रुपमा भइरहेको व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्न मद्दत गर्दछ ।

२०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बिमा बोर्डले संचालन गर्दै आएको छ ।

यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँच (युनिभर्सल हेल्थ कभरेज, यु.एच.सी.) प्राप्ति तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।

स्वास्थ्य बिमा गरिसकेपछि रहने अवधि :

बिमित परिवारले सेवा प्रदायक वा अस्पतालबाट निरन्तर सेवा लिनका लागि हरेक वर्ष बिमा नवीकरण गर्नुपर्दछ । बिमा सदस्यता दर्ता गरिसकेपछि सेवा पाउनका लागि निश्चित चक्र पार गर्नुपर्छ ।

जस्तै, वैशाख, जेठ, असार महिनामा सदस्यता दर्ता गरेका बिमितले भदौ १ गतेबाट सेवा पाउन सक्छन् ।

स्वास्थ्य बिमा कार्यक्रमका कठिनाइ र चुनौतीहरु :

सेवा प्रदायकले बिमित बिरामीलाई सहज रुपमा बिमितहरुलाई सेवा दिन नसक्नु ।

स्वास्थ्य बिमा कार्यक्रम केन्द्रीकृत प्रणालीमा आधारित भई यसको महत्वलाई ग्राउन्ड लेभल सम्म बुझाउने प्रभावकारी संयन्त्र नहुनु ।

जनताहरूले स्वास्थ्य बिमाको चक्र नबुझ्ने र बिमा गरेकै दिन सेवा सक्रिय हुनु पर्ने गलत बुझाई ।

दर्ता सहयोगीलाई तालिमको अभावका कारण सेवाग्राहीले बिमा सम्बन्धी सबै कुराहरू बुझ्न नसक्नु ।

सेवा प्रदायक संस्थाहरूमा आवश्यक औषधी उपलब्ध हुन नसक्नु ।

जनताहरूलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे सूचित गराउन नसक्नु ।

जनताहरू बिरामी भएपछि मात्र स्वास्थ्य बिमा गर्ने वा नवीकरण गर्न खोज्नु ।

आम जनमानसको बुझाई जीवन र निर्जीवन व्यावसायिक बिमाजस्तै स्वास्थ्य बिमामा पनि योगदान रकम तिरेपछि निश्चित समयपछि बोनससहित बिमा रकम फिर्ता हुन्छ भन्ने गलत बुझाइ ।

दीर्घ रोगीहरूले बिमामा भएको औषधी नपाउन,र केही दीर्घ रोगमा नियमित जसो चाहिरहने औषधि stock out भई रहनुले झन् बिरामीहरू समस्या परेको देखिन्छन् ।


क्याटेगोरी : स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode