Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अध्यक्ष/उपाध्यक्षको कमाइमा बाधक बनेपछि बान्नीगढीबाट अधिकृत ढुंगानाको सरुवा


संघिय मामिला मन्त्रालय बाट पालिकामा आउने  प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बिच विवाद भइरहेको हुन्छ ।

कतै जनप्रतिनिधिले राम्रो गर्न खोज्दा हाकिम असहयोगी बन्दा विवाद भने कतै हाकिमले राम्रो गर्न खोज्दा जनप्रतिनिधिका निजी स्वार्थ हाबी हुँदा समस्या । यस्तै समस्या अछामको जयगढ बान्नीगढी गाउँपालिकामा देखीएको छ ।

सुशासनको कुरा गरेर सुरुवात देखि कुशासनको पक्षमा उभिएर कार्यपालिका कार्यालय लाई कमाइ गर्ने थलो बनाएका अध्यक्ष टेकबहादुर साउँद र उपाध्यक्ष विन्दु रावलको मुखमा मुट्की लगाए पछि त्यसको कोपभाजनमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना परेका छन् ।

जनताको सेवासँगै पालिकामा समृद्धिको सपना देखाएर चुनाव जितेकाहरुको रजगजमा सुशासन कायम गर्न खोज्ने हाकिम लाई काम गर्ने वातावरण नभए पछि शाखा अधिकृतमा लोक सेवा पास गरेर प्रमुख प्रशासकीय अधिकृत पदमा पदस्थापन भएका प्रकाश ढुंगाना कैलाली झरेका छन् ।

गाउँपालिकामा चोरबाटोबाट आयआर्जन बानी परेका  अध्यक्ष उपाध्यक्ष लाई कार्यपालिका कार्यालयका हाकिम प्रकाश ढुंगानाको सुशासनको एजेन्डाले ब्यापार घाटा भयो ।

कार्यालयको सम्पूर्ण कामकारबाहीमा सुशासन लाई पहिलो प्राथमिकतामा राखेर काम गर्दा अध्यक्ष साउद र उपाध्यक्ष रावलको गैर कानुनी कमाइको मुहान सुकेपछि प्रतिद्वन्द्वी राजनीतिक दलका नेपाली कांग्रेस र नेकपा (एमाले ) बाट  उम्मेदवार बनेर जिते पनि निजी फाइदाका लागि जहिल्यै मिल्ने उनीहरूले प्रमुख प्रशासकीय अधिकृत ढुंगाना लाई सरुवा हुन बाध्य पारेका छन् ।

आफूहरूलाई फाइदा पुग्ने गरि काम गर्न नमानेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको सरुवा गरिएको छ ।

गत भाद्र १८ गते गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना अध्यक्ष र उपाध्यक्षले नियम विपरीत भुक्तानी दिन र सेटिङ्गमा योजना संचालनका लागि दबाब दिनथालेसंगै सरुवाको दौडधुपमा लागि परेका थिए  ।

भाद्र १८ गते  पालिकामा अधिकृत ढुंगानाको राजकीय शैलीका साथ अध्यक्ष, उपाध्यक्ष स्वयमले पालिकामा भव्य स्वागत गरेका थिए ।

पालिकाका लेखा अधिकृत नारद खनालको डिजाइनमा ढुंगानाको अस्वभाविक ढंगले स्वागत गरिएको प्रति एक जना वडा अध्यक्षले असन्तुष्टि व्यक्त गरेपछि गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले मदिराको तालमा वडा अध्यक्षमाथि हातपात समेत गरेका थिए ।

निमित्तको भरमा चल्दै आएको पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ढुंगाना हाजिर भएसँगै सुशासन र पारदर्शीताको दौडमा पालिकालाई प्रथम बनाउने दाबी गर्दै सार्वजनिक मञ्चमा भाषण दिँदै आएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष स्वयम् पछिल्लो पटक अधिकृत ढुंगानासंग असन्तुष्ट थिए । कारण थियो अधिकृत ढुंगानाले हरेक योजना, खरिदका काम र भुक्तानीमा निकै कडाइ गरेका थिए ।

पालिका अध्यक्ष र उपाध्यक्षले सार्वजनिक मञ्चमा सुशासन र पारदर्शीताका पक्षमा खुलेरै वकालत गरेको देखेर उत्साहित भएका फ्रेस हाकिम तब जिल्ल परे ,जब उनले अध्यक्ष उपाध्यक्षको वास्तविकता थाहा पाए ।

अधिकृत ढुंगानाले जिम्मेवारी सम्हाले पश्चात् पालिकामा खरिद हुने सामान्य चिजबस्तुहरु पनि सार्वजनिक सूचनासंगै दरभाउ प्रस्ताव आह्वान र घटिघटाउका साथ हुन थालेका थिए भने पालिकाले दिने भुक्तानीमा पनि कडाइ गरेका थिए ।

स्रोतका अनुसार गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले अध्यक्ष स्वरोजगार कार्यक्रमको गत वर्षको भुक्तानी दिन दबाब दिई रहेकोमा अधिकृत ढुंगानाले अनुगमन नगरी भुक्तानी दिन नसकिने अडान लिएका थिए ।

अध्यक्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत छनोट भई गाई बाख्रा किनेका केही कृषकहरुले बिक्री गरिसकेका छन् भने छनोटमा परेका कृषकका खोरमा कुखुरा समेत छैनन् ।

अधिकृत ढुंगानाले सुशासन र पारदर्शितालाई पहिलो शर्त मानेर अघि बढ्न थालेपछि आजित भए पनि आफैले राजकीय शैलीमा स्वागत गरेका कारण अध्यक्ष उपाध्यक्षले अधिकृतमाथि सुरुसुरुमा गुनासो गर्ने आँट गरेनन् । तर ३ महिना बितिसकेपछि भने उनीहरूले घुमाउरो शैलीमा अधिकृत ढुङ्गानालाई असहयोग गर्नुका साथै दबाब दिन सुरु गरेको विश्वस्त स्रोतको दाबी छ ।

अधिकृत ढुंगानासंग अध्यक्ष उपाध्यक्ष असन्तुष्ट बनेसँगै सबै भन्दा बढी लेखा अधिकृत नारद खनालले अधिकृत ढुङ्गानालाई असहयोग गर्दै आएका थिए ।

अध्यक्ष उपाध्यक्षको आडमा लेखा अधिकृत खनालले अध्यक्ष उपाध्यक्ष निकटकाहरुको भुक्तानी गर्ने तर तोकादेश भई आएका अन्य फाइलहरू कुनामा थन्क्याउने गरेका थिए  ।

पालिकाका अन्य कर्मचारीका बारेमा नाना थरी कुरा लगाउन खप्पिस खनालकै कारण अध्यक्ष उपाध्यक्षले कर्मचारी बिचमा पनि विभेद गर्ने गरेको स्रोतको दाबी छ ।

यस्तै यस्तै हर्कतका कारण आजित भएका अधिकृत ढुंगानाले सरुवा सहमति पत्र स्वयम मागेपश्चात् अध्यक्ष उपाध्यक्षलाई के खोज्छस् कानो आँखो भने जस्तै भयो फल स्वरूप अध्यक्षले सिधै सरुवा सहमतिको पत्र थमाई दिए ।

प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको ठाउँमा अर्को अधिकृत को र कहिले आउने भन्ने कुराको एकिन नगरी सिधै सरुवा सहमति पत्रमा हस्ताक्षर गरिनुले अध्यक्ष उपाध्यक्ष अधिकृत ढुंगानासंग कति असन्तुष्ट थिए सजिलै अनुमान लगाउन सकिन्छ ।

मिलेमतोमा आर्थिक लाभ कमाउने लेखा अधिकृतको प्रतिबद्धतापछि स्वास्थ्यकर्मीलाई हाकिमको जिम्मा :-

अधिकृत ढुंगानाको सरुवा पत्रमा हस्ताक्षर पश्चात् गद गद भएका अध्यक्ष उपाध्यक्षले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कसलाई दिने भन्ने बिषयमा कार्यपालिकामा छलफल गर्न समेत जरुरी ठानेनन् ।

लेखा अधिकृत नारद खनालले स्वास्थ्यका वसन्त बहादुर रावललाई निमित्तको जिम्मेवारी दिँदा चोरबाटबाट काम गर्न सजिलो हुने र अरूलाई हाकिम बनाउदा आफूले सहयोग नगर्ने अडान लिएपछि अध्यक्ष उपाध्यक्ष नारदको प्रस्तावमा तयार भएको बताइन्छ ।

जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका रावल अरू भन्दा व्यवहारीक र सोझा कर्मचारी मानिन्छन् ।

उनको सोझोपनको सजिलै फाइदा लिन सकिने दाउमा गाउँपालिका अध्यक्ष टेक बहादुु साउँदले वसन्त बहादुर रावललाइ निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन उपाध्यक्ष बिन्दु रावललाइ प्ररस्ताता गरेपछि उपाध्यक्ष रावल झन खुसी भईन् । निमित्तको जिम्मेवारी पाएका रावल काँग्रेस निकट भएपनि एमालेबाट निर्पाचित उपाध्यक्षका जेठाजु नाता पर्छन् । 

अधिकृतलाई सरुवा लिन बाध्य पारिएको आरोप गाउँपालिका अध्यक्ष साउदले भने अस्विकार गर्दै आएका छन् । अधिकृत ढुंगानाले घर पायक पालिका पाएपछि सहमतिकै आधारमा सरुवा सहमति दिईएको उनको दावी छ । 

स्वास्थ्यका अधिकृत वसन्त बहादुर रावललाइ अधिकृतको जिम्मेवारी माग गरिएको बिषयमा भने आफू वेखवर रहेको उपाध्यक्ष रावलले दावी गर्दै आएकि छन् ।

फुल हाकिम ढुंगाना हाजीर हुनु पहिले प्रशासन अधिकृत झनक रेग्मीले पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा १७ महिना बढि जिम्मेवारी सम्हालेका थिए ।

रेग्मीको मातहतमा रहेर काम गरेका स्वास्थ्य शाखा प्रमुख वसन्त बहादुर रावललाइ निमित्तको जिम्मेवारी माग गर्दा पुराना हाकिम रेग्मीसंग सामान्य सोधपुछ समेत गरिएको छैन ।

आफू बिदामा धनगढी रहेको बताउदै रेग्मीले कार्यालयमा हाकिम सरुवा भएको र नयालाई जिम्मेवारी दिईएकोबारे आफुलाइ कुनै जानकारी नभएको प्रतिकृया दिएका छन् ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode