Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

भूकम्प प्रभावितका लागि अर्थबाट एक अर्ब निकासा ९३ करोड सम्बन्धित जिल्लामा पठाइयो


भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार अर्थ मन्त्रालयबाट निकासा भएको रकममध्ये ९३ करोड रुपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ ।

निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड रहेको छ । अस्ति आइतवार अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार हिजो ९३ करोड रुपैयाँ भूकम्प प्रभावित जिल्लामा पठाइएको छ । यसअघि कोषमा जम्मा भएको रकम पठाइएकोमा अहिले अर्थ मन्त्रालयबाट प्राप्त रकम पठाइएको हो ।

कार्यकारी प्रमुख पोखरेलका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गएको कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले १० अर्ब रुपैयाँ पठाउने निर्णय गरेको थियो । त्यसअनुसार अर्थले एक अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो ।

यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रुपैयाँ पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माणको काम थालिएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार झण्डै ६० हजार लाभग्राहीमध्ये १५ हजारसँग सम्झौता भएकोमा पहिलो किस्ताबापत चार हजार तीन सय ६४ घर निर्माण भइसकेका छन् ।

 


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode