Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

एमाले सुदूरपश्चिमका ९ जना सांसदले गरे भूकम्प पीडितलाई आर्थिक सहयोग


नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेका परिवारहरूको लागि आर्थिक सहयोग गरेको छ ।

सोमवार ९आज० संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको लागि १ लाख ३५ रुपैँया सहयोग गरिएको बताए ।

यहाँका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलित गरेर सोमवार जिल्ला प्रशासन कार्यालयमार्फत भूकम्प प्रभावितलाई पठाइएको हो ।

एमाले संसदीय दलका नेता रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकीय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिए। कार्तिक १७ गते शुक्रवार जाजरकोट बारेकोट स्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode