Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या


बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको हत्या गरिएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका–३ बिजुलका करिब ३२ बर्षीय तेजबहादुर चन्दले सोही स्थानकी करिब ५६ बर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् ।

चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायत हतियारको प्रयोग गरेर हत्या गरेको स्थानीय भुवन भट्टले बताए ।

बिष्टको शव क्षतविक्षत अवस्थामा घरको ढोकामा रहेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

चन्दले दिउँसै महिलाको हत्या गरेर बितण्डा मच्चाएपछि स्थानीय त्रसित बनेका थिए । स्थानीयले घटनाको विषयमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो ।

मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको हत्या गर्नुका साथै उनको गोठमा रहेका दुई बाख्रा समेत मारिदिएका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

 


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode