Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई आर्थिक सहयोग


इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले आर्थिक सहयोग गरेको छ ।

प्रदेश सरकारले मृतकका परिवारलाई यसअघि घोषणा गरेको रकम मंगलबार हस्तान्तरण गरेको हो ।

टीकापुरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदुत हनन गोडेर गोल्डवेरगरको उपस्थितीमा मन्त्री भट्टले ७ जना मृतकका परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।

७ अक्टोबरमा इजरायलमा हमासले गरेको आक्रमणमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो। तीमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए ।

आक्रमणमा परी बेपत्ता भएका विपिन जोशीको अवस्था भने अज्ञात छ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode