नियम बिपरित भाडा असुल्ने सवारीलाई चौखुट्टे ट्राफिकद्वारा कार्वाही : अन्य प्रहरी पोष्टले किन पाउँदैनन् चाल ?

अछाम लगायत यस क्षेत्रका यातायात व्यवसायीले सवारी भाडामा मनपरी असुली गर्ने गरेका छन् ।
अछाम,बाजुरा लगायतका पहाडी जिल्लाहरूमा सार्वजनिक यातायात व्यवसायीले सर्वसाधारणबाट मनपरी रुपमा भाडा असुली रहेका हुन् ।
जिल्ला भित्रै तथा जिलल र जाने यात्रुहरूबाट उनीहरूले सरकारले निर्धारण गरेको भन्दा बढी भाडा असुल्ने गरेका हुन् । यातायात व्यवसायीले मनपरी भाडा असुल्दा समेत प्रहरी प्रशासन मूकदर्शक बनेपछि सर्वसाधारण प्रत्यक्ष मारमा पर्दै आएका छन् ।
नियमानुसार सवारी साधन चले नचलेको बिषयमा जाँच गर्न अछाम र बाजुराका दर्जन बढी ठाउँमा रहेका प्रहरी चेक पोस्ट औचित्यहीन जस्तै देखीएका छन् ।
सवारी सधान आए गएको रजिस्टर भरने बाहेक ्रहरी पोस्टहरूको अन्य भूमिका न्यून देखीएको छ भने यातायात व्यवसायी र प्रहरी तथा ट्राफिक बिच आर्थिक लेनदेनमा सेटिंग हुने गरेको चर्चा समेत चुलिने गरेको छ ।
प्रहरी,ट्राफिक र यातायात व्यवसायीबिच आर्थिक लेनदेनमा सेटिंग रहेको आशँकालाई पछिल्ला केहि घटना क्रमले समेत प्रष्ट पारेको छ । चौखुट्टे ट्राफिक प्रहरी पोस्टको सक्रियताका कारण पछिल्लो समय नियम विपरीत भाडा असुल्ने तथा क्षमताबढि यात्रु बोक्ने सवारी साधन कार्वाहीमा पर्ने गरेका छन् ।
अछामबाट धनगढी गइरहेको सार्वजनिक बसले सरकारले तोकेको भन्दा प्रति यात्रु ५ सय बढी असुलेको घटना सेलाउन नपाउँदै सोमवार बाजुराबाट धनगढी गइरहेको सार्वजनिक बसले प्रति यात्रु ४ सय बढी असुलेको घटना सतहमा आएको छ ।
केहि दिनअघि साँफेबगरबाट धनगढी गइरहेको खप्तड सार्वजनिक यातायातको ना ७ ख २८६६ नम्बरको बसले ११सय ७५ प्रति यात्रु भाडा काय गरिएको ए पनि १५ सय भाडा असुलेको चौखुट्टे ट्राफिकको चेकिङका क्रममा खुलासा भएको थियो ।
यो घटना सेलाउन नपाउँदै सोमबार बाजुराबाट धनगढी गइरहेको सुनौलो सुदूरपश्चिम यातायातको ना ७ ख ९५५३ नम्बरको बसले प्रतियत्रु १६५९ ाड कय हुनुपर्नेमा १७५० रकम असुलेको खुलेको छ । यात्रुबाट बढी भाडा असुलेको भेटिएसँगै बसलाई आवश्यक कार्वाहि गरिएको चौखुट्टेमा कार्यरत ट्राफिक प्रहरी जनक बहादुर दानीले बताएका छन् ।
उनका अनुसार नियम विपरीत भाडा असुल्ने सवारी धनीबाट सम्बन्धी यात्रुलाई भाडा फिर्ता गराउनुका साथै अन्य जरिवाना समेत गराइएको छ । ट्राफिक प्रहरी दानीले मनपरी भाडा असुल्ने सवारी धनीबाट यात्रुला भाडा फिर्ता गराएको िडयो सामाजिक संजालमा भाइरल भईरहेको छ ।
ट्राफिक प्रहरी दानीको सक्रियताको यात्रु तथा स्थानीय सर्वसाधारणले खुलेर प्रशंसा गर्ने गरेका छन् ।
चौखुट्टेमा ट्राफिक चेकिङमा मनपरी भाडा असुलेको ३।४ पटक भेटिदा समेत अछाममा र बाजुराका बिभिन्न ठाउँमा स्थापना गरिएका अन्य प्रहरी पोस्टहरूले किन चाल पाउँदैनन् भन्ने विषय गम्भीर बनेको छ । यसले नियम विपरीत भाडा असुलीमा प्रहरी र ट्राफिकको मिलेमतो रहेको पुष्टि हुन्छ ।
यता सुदूरपश्चम प्रदेश ट्राफिक प्हरका ्रव्ता डिएसपी अनिल उप्रेतीले भने जनशक्ति अभावका कारण केहि कठिनाइ भईरहेको दाबी गरेका छन् ।
ट्राफिक प्रहरी र यातायात व्यवसायी बिच कुनै सेटिंग नरहेको दाबी गर्दै उनले त्यसो भए गरेको पाइएमा आवश्यक कार्वाही गर्ने उल्लेख गरेका छन् ।
यात्रुहरूले स्वयं आफूले गुनासो नगरुन्जेल नियमानुसार भाडा असुलेको तथा यात्रुलाई असहज भएकोबारे थाहा पाउन कठिनाइ हुने भएकाले कुै समस्या परे नजिकैो प्हरीाई सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, भिडीयो, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया