Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आफैले गरेको निर्णयबाट पछि हटे मेयर ढकाल : करार कर्मचारी हटाउने निर्णय कार्यान्वयन नगराउन आदेश


अछामको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल आफैले गरेको निर्णयबाट पछि हटेका छन् । नगरपालिकामा कार्यरत करारका कर्मचारीको करार म्याद नगर्ने निर्णयबाट उनी पछि हटेका हुन् ।

गएको कार्तिक २१ गते मेयर ढकालकै अध्यक्षतामा भएको २६ औँ बैठकबाट नगरपालिकाका करारका कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरिएको थियो ।

नगर कार्यपालिकाको उक्त निर्णय पश्चात् करारका कर्मचारी आन्दोलित छन् । आन्दोलित करार कर्मचारीले सूचनाको हक प्रयोग गर्दै कार्यपालिकाको निर्णयको प्रतिलिपि माग गरेपछि नगर प्रमुख ढकाल आफैले गरेको निर्णयबाट पछि हटेको तथ्य सार्वजनिक भएको छ ।

करार कर्मचारी संघर्ष समितिले मंसीर १ गते सूचना माग गर्दै निवेदन दिएपछि क्लोजींग भएको कार्यपालिका बैठकको निर्णय मुनी नगर प्रमुख ढकालले कर्मचारी सम्वन्धि निर्णय कार्यान्वयन नगर्न नगराउन लिखित निर्देशन दिएको खुलेको हो ।

कार्यपालिका बैठकले गरेको निर्णय विरुद्ध करारका कर्मचारीले कानुनी उपचारका लागी न्यायालयमा जाने ब्यहोरा सहित सूचना माग गरेसँगै नगर प्रमुख ढकाल हच्किएका छन् ।

गएको कार्तिक २१ गते नै प्रमाणीकरण भई क्लोजींग गरिसकेको कार्यपालिका बैठकको निर्णय पुस्तिकामा उनले आज ( मंगलवार ) उक्त निर्णय कार्यान्वयन नगराउन लिखित आदेश दिएका हुन् ।

कार्तिक २१ गतेको कार्यपालिका बैठक पुस्तिकामा नगर प्रमुखलाई कार्यवाहक लेखिन गई नगर प्रमुख पदको पदीय मर्यादा उलंघन भएको तथा यसले न्यायिक निकायबाट प्रश्न उठ्न सक्ने भएको भन्दै उनले करार कर्मचारी सम्बन्धमा भएको निर्णय रद्द गरि उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन लिखित निर्देशन दिएका हुन् ।

यस बिषयमा जानकारी लिन नगर प्रमुख ढकाललाई टेलिफोन गर्दा उनले आफू व्यस्त रहेको भन्दै फोन काटेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode