Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा अटो दुर्घटना : २ जनाको मृत्यु,४ जना घाईते


अछाममा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

अछामको कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सु.प.प्र. ०१.००१ ह ५५४५ नम्बरको ट्याम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिकाको टोट्केसालमा हुँदा २ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ट्याम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बिच बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परी कमलबजार वडा नम्बर ४ का लक्ष्मण थापा, सोही वडाका दिनेश साउद, वडा नम्बर ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् ।

घाइतेहरूको जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरू सबै अछामबाट मेला हेर्न दैलेख जाँदै गर्दा दुर्घटना परेका हुन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode