Hikmat Acharya
  • २८ वैशाख २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिका

गाउँपालिका अध्यक्ष/उपाध्यक्षको पैसा कमाउने चोर बाटो : मिलेमतोमा बाँडे १ करोड ९ लाख


पछिल्लो पटक भ्रष्टाचार विरुद्ध खबरदारी बढेपछि राज्यका विभिन्न निकायमा डाडु पनिउँ हात हुनेले आक्षेप नआउने चोर बाटो पहिल्याएका छन् ।

यसरी सजिलोसँग सेटिङमा चोर बाटो बाट काम फत्ते गर्ने क्रम अछाम जिल्लामा सुरु भएको छ ।

जिल्लाको बान्नीगढीका अध्यक्ष टेकबहादुर साउद र उपाध्यक्ष बिन्दु रावलले चुनावी खर्च उठाउन चोर बाटोको यात्रा सुरु गरेका छन् ।

सोझो रुपमा रकम लिँदा आक्षेप आउने भए पछि उनीहरूले केही बिचौलिया र आफन्तलाई अघि सारेर चोर बाटोको सहारा लिएका हुन् ।

विधि अनि सुशासनका भाषण गरेर आफू लाई पारदर्शी देखाउन हदैसम्मको प्रोपोगन्डा गर्न पछि नपर्ने बान्नीगढीका अध्यक्ष साउद र उपाध्यक्ष रावलले विधि अनि सुशासन लाई लज्जित हुने गरि भाषण र बोली विपरीत हदैसम्मको अपारदर्शी काम गरेको सार्वजनिक भएको छ ।

बोली र काम गर्ने परिपाटीमा आकाश जमिनको फरक देखिने गरि आर्थिक अनियमितता लाई मलजल पुग्ने काम गरिरहेका उनीहरूले यो पटक आफ्नै अपारदर्शी रेकर्ड समेत तोडेका छन् ।

लोकतान्त्रिक गणतन्त्रका अध्यक्ष , उपाध्यक्षले बान्नीगढी जयगढमा अर्को अलोकतान्त्रिक र गैर कानुनी काम गरेर सबैलाई चकित पारेका छन् ।

बाहिर देखाउँदा मुसा बिरालो झैँ प्रस्तुत हुने बान्नीगढिका अध्यक्ष र उपाध्यक्ष सेटिङमा पैसा कमाई हुने निर्णयमा भने सबै काम मिलेर गर्छन् भन्ने उनीहरूको पछिल्लो निर्णयले प्रष्ट भएको छ ।

पालिकामा संघिय सरकारले पठाएको बजेट मध्य उल्लेख्य रकम उनीहरूले गैर कानुनी तरिकाले बाडेको तथ्य फेला परेको छ ।

बान्नीगढी गाउँपालिका अध्यक्ष साउद र उपाध्यक्ष रावलले मिलेमतोमा पालिकाको १ करोड ९ लाख बढी बजेट आफ्ना लागि विनियोजन गरेका छन् ।

चालू आर्थिक बर्ष २०८०।८१ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा गाउँपालिकाको सर्वोच्च निकाय गाउँ सभामा बजेट कम देखाएर लुकाएर राखेको १ करोड ९ लाख रुपैयाँको बजेट आफू लाई लाभ पुग्ने गरि अनुकूलका विभिन्न योजनामा विनियोजन गरेका समाचार स्रोतले जानकारी दिएको छ ।

गाउँ सभा र कार्यपालिका लाई समेत छलेर गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावलले १ करोड ९ लाख रुपैयाँ बराबरको बजेट आफ्नो पोल्टामा पारेर लोकतान्त्रिक प्रक्रियाका साथै विधि र सुशासनको समेत हुर्मत लिने काम गरेको समाचार स्रोतको बुझाइ छ ।

उनीहरू ( अध्यक्ष , उपाध्यक्ष ) ले यसरी बजेट विनियोजन गरेको थाहा पाए पछि वडा अध्यक्ष हरु समेत जिल्ल परेका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ तिमिल्सैनका वडा अध्यक्ष किरण बहादुर खत्रीले गाउँपालिकाको यस आर्थिक वर्षको कुल बजेटमध्ये १ करोड ९ लाख बढी विकासे बजेट अध्यक्ष उपाध्यक्षले बाँडफाँड गरेको थाहा पाउँदा आफू जिल्ल परेको बताए ।

उनका अनुसार गाउँ सभा र कार्यपालिका लाई छलेर अध्यक्ष र उपाध्यक्षले मिलेमतोमा बाँडफाँड गरेको १ करोड ९ लाख बढी रकम कुन योजना र कुन शीर्षकमा खर्च गर्ने भन्ने बिषयमा अहिलेसम्म आधिकारिक रुपमा कार्यपालिका लाई समेत कुनै जानकारी छैन ।

गाउँ सभाका सदस्यहरूले अध्यक्ष उपाध्यक्षले आफ्नो हात जगन्नाथ बनाएको थाहा पाए पछि उक्त बजेट सबैको छलफल र सल्लाह अनुसार मात्रै खर्च गर्नुपर्ने अडान राखेको भए पनि उनीहरूले असहमति लाई महत्त्व नदिएर हाकाहाकी सर्वोच्च निकाय लाई छलेर उक्त बजेट आफ्ना लागि बजेट छुट्टाएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आपसमा भागबन्डा समेत लगाइ सकेका छन् ।

अध्यक्ष उपाध्यक्षले नियममै नभएको कथित अधिकार प्रयोग गरि १ करोड ९ लाख रकम बाँडफाँड गरेर आफ्नै हात जगन्नाथ भन्ने उखान लाई व्यवहारमा चरितार्थ गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार अनुसार १ करोड ९ लाखको ६० प्रतिशत अर्थात् ६५ लाख ४० हजार रुपैयाँ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र ४० प्रतिशत रकम अर्थात् ४३ लख ६० हजार रुपैयाँ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले बाँडफाँड गरि लिएका हुन् ।

अध्यक्ष र उपाध्यक्षले मिलेमतोमा बाँडफाँड गरेका उक्त बजेट आवश्यकताका भन्दा पनि आफूले पनि पाउने गरि निकटका हरुलाई अघि देखाएर आफ्नो पनि हक लाग्ने गरि झ्वाम पार्न खोजेको गाउँ कार्यपालिकाका एक सदस्यले दाबी गरेका छन् ।

सार्वजनिक कार्यक्रममा समृद्धिका लागि विधि र सुशासन ढोल पिट्दै हिँडिरहेका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ले रत्तीभर लाज नमानी आफ्ना लागि बजेट विनियोजन गरेर आफ्नो वास्तविक भ्रष्ट चरित्र उदाङ्गो मात्र पारेका छैनन् । सदरमुकाम मंगलसैनको माया कोष र जयगढको सरस्वती मावि सँग सम्बन्धित पुराना आर्थिक अपारदर्शीताका घटना लाई ताजा बनाएका छन्।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode