Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान

अछाममा सम विकास नेपालद्वारा महिला भलिबल प्रतियोगिता आयोजना : मंसीर १९ देखि २२ गते सम्म संचालन हुने


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अछाममा महिला भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म चल्ने यो अभियानका अवसरमा साँफेबगरमा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

सम विकास नेपाल,अछामको आयोजनामा महिला भलिबल प्रतियोगिता संचालन गर्ने निर्णय गरिएको सम विकास नेपालका संस्थापक अध्यक्ष पशुपति कुँवरले जानकारी दिएकी छन् ।

उनका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १५ हजार,द्धितिय हुने टिमलाई १ लाख र तेस्रो हुने टिमलाई ८५ हजार पुरस्कार प्रदान गरिने छ ।

जिल्ला स्तरीय खुला महिला भलिबल प्रतियोगिता मङ्सिर १९ देखि २२ गते सम्म संचालन हुने छ ।

यो अभियानका अवसरमा लैङ्गिक हिंसाको अवस्था,चुनौती लगायतका बिषयमा जिल्लास्थित सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिने कुँवरको भनाई छ ।

सो प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १५ हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुने टिमलाई ८५ हजार पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode