Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

रुखबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु


रुखबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ ।

आलिताल गाउँपालिका–१ तोलि गाउँका मीनबहादुर बोहराकी श्रीमती नारूदेवी बोहराको शनिबार बिहान स्याउला काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको रुखमा स्याउला काट्ने क्रममा शनिबार बिहान १० बजेतिर रुखबाट लडेर बोहरा खोलामा खसेकी थिइन् ।  उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode