Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा छुट्टाछुट्टै २ वटा जीप दुर्घटनामा परि ९ जना घाइते


अछाममा छुट्टाछुट्टै आज २ वटा जिप दुर्घटना भएका छन् ।

जिल्लाको चौरपाटी गाउँपालिका र मेल्लेख गाउँपालिकामा २ वटा छुट्टाछुट्टै जीप दुर्घटनामा परेका हुन् ।

आज बिहान जिल्लाको चौरपाटी गाउँपालिका वडा नं १ स्थित बिउनी भन्ने स्थानमा से १ ज ४९० नम्बर जिप दुर्घटनामा भएको हो । दुर्घटना जिप चालक धर्म थापा घाइते भएका छन् । जिपमा चालक मात्रै थिए ।

यस्तै मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडाको देउमाडुमा सु प प्र ०१–००१ ज १३५९ नं.को जिप बेक्र फेल दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

घाइते हुनेमा मेल्लेख गाउँपालिका ६ का २१ वर्षीय सानु कुवर, बर्ष २६ का उत्तम खड्का, १८ वर्षीय समीर रावल, वडा नं ५ का १८ वर्षीय सतिष नेपाली र वडा नं ६ ३५ वर्षीय राजेन्द्र रावत रहेका छन् ।

यस्तै वडा नं ५ का ५० वर्षीय टेक बहादुर रावत, २३ वर्षीय योगेन्द्र खड्का र वडा नं ७ का जिप चालक २५ महेश खड्का पनि घाइते भएका छन् । घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भईरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode