Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम प्रदेश सरकारलाई जनताको सरकारका रुपमा स्थापित गर्छौँ : मन्त्री साउँद


सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट बहादुर साउँदले सुदूरपश्चिम प्रदेश सरकारलाई जनताको सरकारका रुपमा स्थापित गर्ने दाबी गरेका छन् ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाले आयोजना गरेको प्रथम गाउँपालिका अध्यक्ष भलिबल प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री साउँदले सुदूरपश्चिम प्रदेश सरकारलाई जनताको सरकारका रुपमा स्थापित गर्ने दाबी गरेका हुन् ।

जनताका आधारभूत आवश्यकताको परिपुर्तीसंगै प्रदेशभित्र रहेका प्रचुर सम्भावनाहरूलाई सदुपयोग गरि सुदूरपश्चिम प्रदेश सरकारलाई जनताको सरकारका रुपमा स्थापित गर्न आवश्यक रणनीति सहित लागी परेको उनको भनाई छ ।

भलिबल प्रतियोगीताको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री साउँदले कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रको चौतर्फी विकासका लागी धार्मिक तथा पर्यटन क्षेत्रका सम्भावनाहरूलाई उजागर गर्दै अघि बढ्ने रणनीति बनाएको उल्लेख गरे ।

बडिमालिका,बान्नीगढी,बैजनाथ,रामारोशन लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूका प्रचुर सम्भावनालाई उजागर गर्दै समृद्धिको ढोका खोल्न सडक लगायतका पूर्वाधार निर्माणमा जोड दिइएको उनले बताए ।

धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विकासका लागी आवश्यक पूर्वाधार विकासका लागी आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ ।

यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार तथा बिभिन्न क्षेत्रबाट लगानी भित्र्याउन जिल्लाको रामारोशन गाउँपालिकामा निकट भविष्यमै लगानी सम्मेलन आयोजन गर्न प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय जनचाँसोका रुपमा हेरिएको बयालपाटा अस्पतालको बजेट विनियोजनको विषयलाई गम्भीरताका साथ लिँदै यस बर्षदेखी पटक पटक बजेटका लागी धाउनु नपर्ने गरि नीति तथा कार्यविधि बनाइएको मन्त्री साउँदले बताएका छन् ।

शिक्षा,स्वास्थ्य,खेलकुद लगायतका सामाजिक क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै आवश्यक कार्यक्रम संचालन गरिरहेको समेत मन्त्री साउँदले दाबी गरे ।

अछामको रिडिकोटमा रहेको खेलमैदानका लागी यस आर्थिक वर्षमा ४५ लाख बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले बान्नीगढी थालाकोट खेल मैदानका लागी आवश्यक बजेट विनियोजन गर्न तयार रहेको बताए ।

यस्तै खेल क्षेत्रको विकासका लागी प्रदेश सरकारले एक विद्यालय एक खेल मैदानको अवधारण अघि सारेको बताउँदै बान्नीगढी जयगढ गाउँपालिकाले जग्गा उपलब्ध गराएमा खेल मैदानका लागी आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गैर आवासीय नेपाली सङ्घसँग आवश्यक परामर्श गरि रामारोशनमा केबुलकार संचालन गर्ने परिकल्पना गरिएको मन्त्री साउँदको भनाई छ ।

बलदेव शाही “बाँकावीर”को इतिहासबारे खोज अनुसन्धान गर्नुपर्छ :-

यस्तै कार्यक्रममा बोल्दै मन्त्री साउँदले नेपालको प्रथम सहिदका रुपमा दाबी गरिएका बलदेव शाही “बाँकावीर”को इतिहासबारे आवश्यक खोज तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालको प्रथम सहिद बलदेव शाही “बाँकावीर” नै रहेकोबारे संघीय संसद् लगायत सार्वजनिक मञ्चहरूमा चर्चा हुने गरे पनि यस बिषयमा आवश्यक खोज अनुसन्धान हुन नसकेकोमा दुःख व्यक्त गर्दै मन्त्री साउँदले “बाँकावीर” को वास्तविकता इतिहासको खोज तथा अनुसन्धान गर्नुपर्ने बताए ।

जहानियाँ राणा शासन विरुद्ध आन्दोलनका क्रममा बान्नीगढी जयगढ गाउँपालिकामा सहादत प्राप्त गरेका बलदेव शाही “बाँकावीर”को वास्तविक इतिहासबारे खोज अनुसन्धान गर्न गाउँपालिका सरकारलाई सुझाव दिँदै मन्त्री साउँदले खोज अनुसन्धान तथा अन्वेषणका लागी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode