Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

गाउँपालिका अध्यक्ष कप भलिवल प्रतियोगीता जयगढमा सुरु : मन्त्री साउँदले गरे उद्घाटन

पालिकाले जग्गा उपलब्ध गराए खेल मैदानका लागी बजेट विनियोजन गर्ने प्रतिबद्धता


बान्नीगढी जयगढ गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता सोमवारदेखी सुरु भएको छ ।

गाउँपालिकाको आयोजनमा पहिलो पटक गाउँपालिका अध्यक्ष भलिबल प्रतियोगिता संचालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा प्रतियोगीताको एक समारोहका बिच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले उद्घाटन गरेका छन् ।

भलिबल प्रतियोगीताको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री साउँदले खेलकुद क्षेत्रको विकासका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । खेल क्षेत्रको विकासका लागी एक विद्यालय एक खेल मैदानको नीति सहित प्रदेश सरकार अघि बढको उनको भनाई छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा खेल मैदानका लागी गाउँपालिकाले जग्गा उपलब्ध गराएमा प्रदेश सरकार आवश्यक बजेट विनियोजन गर्न तत्पर रहेको मन्त्री साउँदले उल्लेख गरेका छन् ।

स्वास्थ्य,शिक्षा,खेलकुद र सामाजिक क्षेत्रको विकासका लागी आफू विशेष रणनीति सहित अघि बढेको बताउँदै मन्त्री साउँदले गाउँ ठाउँको विकासका लागी स्थानीय नागरिक जागरूक बन्नुपर्नेमा जोड दिए ।

यस क्षेत्रको चौतर्फी विकासका लागी यहाँ रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागी आवश्यक रणनीति सहित अघि बढ्ने उद्घोष गरे ।

हाल रिडिकोट खेल मैदानका लागी यस आर्थिक वर्षमा ४५ लाख बजेट विनियोजन गरिएको र थालाकोट खेल मैदानका लागी आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रमुख अतिथि सामाजिक विकासमन्त्री साउँदको सम्बोधन रेडियो बान्नीगढी मार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

प्रतियोगीताको उद्घाटन समारोहमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर,मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँद,गाउँपालिका उपाध्यक्ष बिन्दु रावल विशिष्ट अतिथि रहेका थिए ।

गाउँपालिकाका प्रवक्ता मोहनलाल ताम्राकारले स्वागत गरेको कार्यक्रमको संचालन प्रतियोगिता समितिका सदस्य सचिव दीपेन्द्र साउँदले गरेका थिए ।

यसै बिच जिल्ला भित्र र बाहिरका गरि १७ वटा टिमको सहभागिता रहेको प्रतियोगीताको पहिलो खेलमा आयोजक बान्नीगढी जयगढ गाउँपालिकाले साँफेबगर नगरपालिकालाई पराजित गरेको छ ।

प्रतियोगितामा प्रथम,द्धितिय र तृतीयलाई क्रमशः मेडल ट्रफि सहित १ लाख ५० हजार,१ लाख, र ५० हजार कायम गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरू भोली बिहान ७ बजे देखी संचालन गरिने आयोजकले जानकारी दिएको छ ।


क्याटेगोरी : खेलकुद, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode