Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा पहिलो पटक गाउँपालिका अध्यक्ष भलिबल कप हुँदै : मन्त्री साउँदले उद्घाटन गर्ने


बान्नीगढी जयगढ गाउँपालिकामा पहिलो पटक गाउँपालिका अध्यक्ष भलिबल कप भलिबल प्रतियोगिता हुने भएको छ ।

गाउँपालिकाको आयोजनमा भोली देखी जयगढमा गाउँपालिका अध्यक्ष कप हुने भएको हो ।

प्रतियोगीताको एक समारोहका बिच भोली सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पहिलो पटक आयोजना गरिएको भलिबल प्रतियोगीताको पुरस्कार राशि प्रथम,द्धितिय र तृतीयलाई क्रमशः मेडल ट्रफि सहित १ लाख ५० हजार,१ लाख, र ५० हजार कायम गरिएको छ ।

प्रतियोगितामा जिल्ला भित्र तथा जिल्ला बाहिरका पालिकाका भलिबल टिमले सहभागिता जनाउन पाउने छन् भने एक पालिकाको खेलाडीले अर्को पालिकाबाट खेलमा सहभागी हुन नपाउने नियम बनाइएको छ ।

प्रतियोगिता संचालनका लागी आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता आयोजक समितिका सदस्य सचिव दीपेन्द्र साउँदले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगीताको भोली दिउसो १ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।


क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode