Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममै पहिलो पटक स्लो बाइक रेस प्रतियोगिता विनायकमा सम्पन्न


अछाम जिल्लामै पहिलो पटक स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको विनायक बजारमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी पञ्चदेवल विनायक उपशाखाको आयोजनामा भएको स्लो बाइक रेस प्रतियोगितामा ५४ जना प्रतियोगी सहभागी भएका थिए ।

१०० मिटर दुरीको स्लो बाइक रेस प्रतियोगितामा सोही नगरपालिका वडा नम्बर ४ कालिकास्थानका नीराजन शाही प्रथम , वडा न ३ विनायकका केशवराज अधिकारी द्वितीय वडा नम्बर १ का हृदयराज ढकालले तृतीय स्थान ओगटेका छन् ।

प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेले प्रमाण पत्र सहित क्रमशः १० हजार,७ हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

रेडक्रस सोसाइटी पञ्चदेवल विनायक उप शाखाका सभापति लोगराज ढकालको अध्यक्षतामा भएको प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अम्बिका चलाउने रहेकी थिइन् ।

दसैँको अवसरमा मनोरञ्जनसँगै चेतनामूलक कार्यक्रम आयोजना गरिएकोप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि रचनात्मक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिइन् ।


क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode