Techie IT
  • २७ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कोजाग्रत पूर्णिमामा लाग्ने सैनिगडा मेला अव देखी चतुर्दशीमा लाग्ने


कोजाग्रत पूर्णिमामा लाग्ने सैनिगडा मेला अव देखी चतुर्दशीमा लाग्ने

हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन लाग्दै आएको सैनिगडा मेला यस बर्षदेखी कोजाग्रत चतुर्दशीका दिन लाग्ने भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनको सैनिगडामा हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन लाग्दै आएको सैनिगडा े यस बर्षदेखी कोजाग्रत चतुर्दशीका दिन लाग्ने भएको हो ।

वडा सरकार र स्थानीय अगुवा तथा सर्वसाधारणको सर्वपक्षीय निर्णय अनुसार यस बर्षदेखी मेलालाई बिगतका वर्षभन्दा एक दिन अघि तथा चतुर्दशीका दिन मनाइने निर्णय गरिएको वडा अध्यक्ष किरण खत्रीले बताए ।

वडा अध्यक्ष खत्रीका अनुसार चतुर्दशीका दिन राँगा तथा बोकाको बलि दिइने छ भने कोजाग्रत पूर्णिमाका दिन देउडा खेल लगायत विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिने छ ।

परापूर्व काल देखी हरेक बर्ष तिमिल्सैनको सैनिगडामा कोजाग्रत पूर्णिमाका दिन बर्दादेवी मताको पूजा अर्चना गरि राँगा तथा बोकाको बलि चढाउने प्रचलन रही आएको छ ।


क्याटेगोरी : कला-साहित्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode