Techie IT
  • १८ मंसीर २०८०, सोमबार
  • काठमाडौं
Paschim Raibar

टुहुरा बालबालिकालाई मेयर कुँवरले दिए व्यक्तिगत सेवा सुविधाबाट दसैँ खर्च


साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दसैँ खर्च उपलब्ध गराएका छन्।

नगरपालिकाका १४ वडाका आमाबुबा दुवै गुमाएका बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दसैँ खर्च उपलब्ध गराएका हुन्।

नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् । एक जनालाई २ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले जानकारी दिइन् ।

नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दसैँ मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए । उनले भने, ‘मेरो पालिकाभित्रका टुहुरा बालबालिकाको अभिभावक म हुँ। त्यसैले मेरा बालबालिकाको हेरविचार मैले गर्नुपर्छ । मेरो कार्यकाल रहँदासम्म मेरो सेवा सुविधाबाट हरेक दसैँमा आर्थिक सहयोग गर्नेछु । दसैँ दशा कसैको पनि बनोस् ।’

उनले आफूले पाउने सेवा सुविधा यस्तै खालका सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!