Hikmat Acharya
  • २८ वैशाख २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

दसैँ तिहारमा विबाद तथा कुनै समस्या भए तुरुन्त प्रहरीलाई सम्पर्क गर्नुस् : इन्स्पेक्टर साउँद (कुराकानी सहित)


दसैँ तिहार नजिकिएसँगै हुन सक्ने अवाञ्छित गतिविधि हुन नदिन अछाम प्रहरीले आवश्यक सतर्कता अपनाएको जनाएको छ ।

दसै तिहार नजिकिँदै जाँदा जिल्लाबाट बाहिरिने तथा जिल्ला भित्रिनेहरूको संख्या बढ्दै गएकोले शान्ति सुव्यवस्था कायम गर्न आवश्यक रणनीति अपनाइएको अछाम प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक इन्स्पेक्टर राजेन्द्र साउँदका अनुसार यात्रुहरूलाई चापलाई मध्यनजर गरि अछामका विभिन्न ६ वटा ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

भिडभाडसँगै हुन सक्ने अवाञ्छित गतिविधि हुन नदिन र विभिन्न समस्यामा परेका सर्वसाधारणको सहजीकरणका लागी विभिन्न ठाउँमा स्थापना गरिएका नागरिक सहायता कक्षा प्रभावकारी बन्ने इन्स्पेक्टर साउँदले विश्वास व्यक्त गरेका छन् ।

दसैँ तिहारमा मेला लाग्ने तथा भिडभाड हुने क्षेत्रहरूमा आपराधिक गतिविधिहरू हुन नदिन प्रहरी परिचालन गर्ने लगायतका रणनीति अपनाइएको बताउँदै उनले कुनै समस्या भएमा नजिकैको प्रहरी चौकी तथा निःशुल्क टोल फ्री नम्बर १०० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

यसै बिच आज हामीले दसैँ तिहारमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि अछाम प्रहरीले अपनाएको रणनीतिबारे जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर राजेन्द्र साउँदसंग कुराकानी गरेका छौँ ।

कुराकानी : राजेन्द्र साउँद


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode