Hikmat Acharya
  • २८ वैशाख २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

दसैँको मुखमा ३ दिनको फरकमा अस्ताए दाजुभाई : गाउँ नै शोकमा


दशै तिहारको मुखमा हप्ता दिन नपुग्दै सहोदर दुई दाजु भाइको मृत्यु भएपछि गाउँ नै शोकमा परेको छ ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका कालापाटामा भाइको निधन भएको साता दिन नपुग्दै भारतमा रहेका दाइको सवारी दुर्घटनामा मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो ।

स्थानीय चक्र साउँदका २३ वर्षीय कान्छा छोरा अशोक साउँद  यही असोज १८ घर नजिकैको जङ्गलमा मृत भेटिएका थिए ।

कान्छा छोरा अशोकको काजक्रियामै रहेका बेला मजदुरीका लागी भारतमा रहेका अर्का छोराको सवारी दुर्घटनामा परि निधन भएपछि उनीहरूको परिवारमा बज्रपात आइलागेको छ ।

कान्छा छोराको काजक्रियामा रहेका बेला जेठा छोरा अन्दाजी ३० वर्षीय तपेन्द्र साउँदको सवारी दुर्घटनामा परि भारतको हैद्रावादमा मृत्यु भएको खबरपछि बुवा चक्र र आमा कुन्ता साउद बेहोस छन् ।

गरिबी र अभावका बिच हुर्काएका छोराहरुमध्य जेठा छोरा र कान्छा छोरा साता दिनको फरक हुन नपाउँदै अस्ताएपछि परिवारमा मात्र हैन गाउँ नै शोकमा डुबेको छ ।

दसैँको मुखमा आफन्तहरू घर फर्किने र गाउँघर उज्यालो हुने भए पनि कालिका बाच्कोट कालापाटामा भने दिउसै रात परे झैँ भएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode