Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

माथिको आदेश अनुसार अछामका कर्मचारी आन्दोलनमा : पालिकाको कामकाज ठप्प


सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कार्यक्रममा थप कडाइ गरेका पारेका छन् ।

सोमबारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका हुन् ।

सोमवार देखी विभिन्न चरणमा आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा थप कडाइ गर्दै आज कार्यालयको नियमित कामकाज ठप्प पारेका छन् ।

अछामका पालिकाहरूमा कार्यरत कर्मचारीहरूले पनि शुक्रवार कार्यालयको कामकाज ठप्प पार्दै पालिका कार्यालय अघि ब्यानर सहित पर्दशन गरेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकामा कार्यरत कर्मचारीहरूले पनि आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै कार्यालयको कामकाज ठप्प पारेका छन् ।

यसै बिच स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका विषयमा आज हामीले बान्नीगढी जयगढ गाउँपालिकामा कार्यरत स्थानीय तह कर्मचारी संघर्ष समितिका संयोजक झनक रेग्मीसँग कुराकानी गरेका छौँ ।

कुराकानी :-


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode